Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जंगल छेउमा वयस्क हात्ती मृत फेला

जंगल छेउमा वयस्क हात्ती मृत फेला

आइतवार , आश्विन ६, २०८१

बारा । बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला परेको छ ।

स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको हो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ ।

हात्तीको सुडमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले हात्ती भेटिएको स्थानलाई सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077