Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

डीएसपी भण्डारीको रगतले जोगियो सुत्केरीको ज्यान !

डीएसपी भण्डारीको रगतले जोगियो सुत्केरीको ज्यान !

शनिवार , आश्विन ५, २०८१

अछाम । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले रगत दिएपछि एक महिलाको ज्यान जोगिएको छ ।

जिल्ला अस्पताल अछाममा सुत्केरीपछि रक्तश्राव हुँदा मंगलसेन नगरपालिका-१२ की २२ वर्षीया मनिषा शाहीको ज्यान जोखिममा परेको थियो । तर डीएसपी भण्डारीले ‘एबी’ पोजेटिभ रगत दान गरेपछि शाहीको ज्यान जोगिएको हो ।

मनिषालाई रगत आवश्यक परेपछि परिवारका सदस्य समस्यामा परेका थिए । उनीहरुले रगतका लागि विभिन्न ठाउँमा सम्पर्क गरे पनि ‘एबी’ पोजेटिभ समूहको रगत भेटाएनन् ।

त्यसपछि मनिषाका आफन्त रगतका लागि सहयोग माग्न अछाम प्रहरीको कार्यालयमै पुगेका थिए । सोही क्रममा डीएसपी भण्डारी मनिषालाई आफै रगत दिन तयार भएका थिए । उनले शुक्रबार जिल्ला अस्पताल अछाममै पुगेर रक्तदान गरेको बताइएको छ ।

जिल्लामा जुनसुकै बेला रगतको आवश्यकता पर्दा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले रगत दिएर बिरामीको ज्यान जोगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077