Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु

शनिवार , आश्विन ५, २०८१

बागलुङ । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका-३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए ।

चट्याङ परेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय झिवाखोलाको टोली घटनास्थलमा गएर उद्धार गरेको थियो।

बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।

चट्याङका कारण बुढाको घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077