Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

इन्द्रध्वजा ढालेर आज सकिँदै इन्द्रजात्रा, कुमारीको रथ महिलाले तान्ने !

इन्द्रध्वजा ढालेर आज सकिँदै इन्द्रजात्रा, कुमारीको रथ महिलाले तान्ने !

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ ।

आज बेलुका १० बजेर ३१ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिनेछ ।

इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासि भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने बताइएको छ ।

एक हप्ता अघि इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा शुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाले तान्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077