Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • इन्द्रध्वजा ढालेर आज सकिँदै इन्द्रजात्रा, कुमारीको रथ महिलाले तान्ने !

    इन्द्रध्वजा ढालेर आज सकिँदै इन्द्रजात्रा, कुमारीको रथ महिलाले तान्ने !

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 135
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ ।

    आज बेलुका १० बजेर ३१ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिनेछ ।



    इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासि भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने बताइएको छ ।



    एक हप्ता अघि इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा शुरु भएको थियो । यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाले तान्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार