Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ३३ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ३३ करोडको कारोबार

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको हो।

यसदिन ३२४ स्क्रिप्सको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से परिसूचक उच्च अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

रिभर फल्स पावर, हिमालय हाइड्रोपावर,रावा इनर्जी डेभलपमेन्ट र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बिहीबार आठ अर्ब १६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ३३ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब १७ करोड रूपैयाँ वृद्धि भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077