Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान , कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो ।

यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077