Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ।

बुधबार प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077