Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

खाद्यले दशैंका लागि १५ सय खसी र ३ सय च्याङ्ग्रा ल्याउने

खाद्यले दशैंका लागि १५ सय खसी र ३ सय च्याङ्ग्रा ल्याउने

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । सरकाले दशैंका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउन लागेको हो।

उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077