Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • खाद्यले दशैंका लागि १५ सय खसी र ३ सय च्याङ्ग्रा ल्याउने

    खाद्यले दशैंका लागि १५ सय खसी र ३ सय च्याङ्ग्रा ल्याउने

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 171
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकाले दशैंका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउन लागेको हो।



    उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।



    अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

    गत वर्ष कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० र च्याङ्ग्राको मूल्य प्रतिकिलो १२५० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि पछि भाउसमेत घटाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार