Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड , प्रतितोला कति पुग्यो ?

    सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड , प्रतितोला कति पुग्यो ?

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 399
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



    यसअघि गत भदौ २१ गते सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।



    आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार