Online Nepal
  • बुधबार, २ असोज २०८१
  • ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चिँदै

    ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चिँदै

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 165
    SHARES

    काठमाडौं । साताको तेस्रो कारेबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ ।

    साताको पहिलो कारोबारदेखि नै दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर बन्द भएको हो।



    नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको छ ।



    यस दिन १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको छ ।

    अघिल्लो दिन सोमबार मात्रै नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो ।

    जहाँ २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो ।

    त्यस्तै, आइतबार पनि नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार