Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओरालो लाग्यो सेयर बजार परिसूचक नेप्से, आज ५५.८६ अंकको पहिरो

ओरालो लाग्यो सेयर बजार परिसूचक नेप्से, आज ५५.८६ अंकको पहिरो

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । साताको दोस्रो कारेबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेर बन्द भएको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा झरेको हो।

यसदिन ३२७ स्क्रिप्सको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भए।

उच्च अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। हाथवे इन्भेस्टमेन्टको नेपालको सेयर सर्वाधिक ८.९८ प्रतिशतले बढ्यो।

​​​​​​​उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको ७.७८ प्रतिशतले घट्यो।

कारोबारमा आएका २२ स्टक्सको मूल्य बढ्दा २२२ वटाको घट्यो। सबै समूहको उपसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077