Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • निसानले ल्यायो ‘निसान फेस्टिभ डिल, नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

    निसानले ल्यायो ‘निसान फेस्टिभ डिल, नयाँ गाडी किन्दा १५ लाखसम्म छुट

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 585
    SHARES

    काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ।

    कम्पनीले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको हो।



    यो योजना निसानका सबै गाडीहरू निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ।



    ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्, जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर (रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टि र रू. १५ लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ।

    कम्पनीका अनुसार निसान म्यागनाइट– एक बिग, बोल्ड, ब्युटिफुल र ‘कारिजम्याटिक’ एसयूभी नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास–लिडिङ सुविधाहरू रहेका छन्।

    निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८०५ सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन्।

    त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयूभी हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ।

    निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन्।

    यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ। यी सुविधाहरूमा केही सर्तहरू लागू हुने कम्पनीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार