Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

    एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 324
    SHARES

    काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरेको हो । सरकारले सर्तसहित एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको छ ।



    गत साता बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो।



    त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

    एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

    एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो । एनसेलको आग्रहपछि सरकारले किस्ताबन्दी सुविधा दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार