Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स नवीकरण गरेको हो । सरकारले सर्तसहित एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको छ ।

गत साता बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो।

त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो । एनसेलको आग्रहपछि सरकारले किस्ताबन्दी सुविधा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077