Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • नेप्सेमा उच्च अंकको गिरावट, १० अर्बमा खुम्चियो कारोबार

    नेप्सेमा उच्च अंकको गिरावट, १० अर्बमा खुम्चियो कारोबार

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 240
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

    आइतबार ५३.६३ अंकले घटेर बजार २६९५.९३ विन्दुमा आइपुगेको हो। कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिक्न सकेन् ।



    यसदिन कारोबार रकममा पनि कमी आएको छ। बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ।



    अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७३ करोड रूपैयाँ कमी आएको हो।

    आइतबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ वटाको घटेको छ।

    यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार