Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उद्योगीलाई प्रोत्साहन गर्नेगरी लचिलो नीति ल्याउँछौं : अर्थमन्त्री पौडेल

उद्योगीलाई प्रोत्साहन गर्नेगरी लचिलो नीति ल्याउँछौं : अर्थमन्त्री पौडेल

शुक्रवार , भाद्र १४, २०८१

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति ल्याउने बताएका छन्।

रुपन्देहीमा आयोजित नेपाली उद्यमी मन्चको सातौं राष्ट्रिय नेतृत्वसीप सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले यही सरकारबाट नै स्थिरता सम्भव रहेको बताए। अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताए ।

उनले यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको समेत बताए ।

अर्थमन्त्री पौडेलले देशको आर्थिक अवस्थाको चित्रण गर्दै अहिले सार्वजनिक ऋण २४ खर्बभन्दा बढी रहेको र यो बढ्दै गएका कारण अब कस्तो ऋण लिने भन्ने चिन्ता बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077