Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एनआईसीको ‘एनआईसी एशिया स्काइ क्लव कार्ड' : यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

एनआईसीको ‘एनआईसी एशिया स्काइ क्लव कार्ड' : यती एयरलाइन्सको टिकटमा १० प्रतिशत छुट

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ । Visa Co-branded का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस कार्डको प्रयोग गरेर यती एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहक महानुभावहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नुहुनेछ ।’

यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुने बैंकले जनाएको छ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको क्पथ ऋगिद ऋबचम मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

कार्ड लिनका लागि ग्राहक महानुभावहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनु पर्र्नेछ । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहक महानुभावहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्नुहुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077