Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषधहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा युरोपिय मुलुक लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् ।

उनलाई ६ किलो कोकिनसहित लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

भाल्टर्सको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौं ओर्लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077