Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कञ्चनपुरमा फेरि भारी वर्षा मापन, सतर्कता अपनाउन अनुरोध

    कञ्चनपुरमा फेरि भारी वर्षा मापन, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • बुधबार, २३ साउन २०८१
  • 645
    SHARES

    काठमाडौं । सुदूरपश्चिमको कञ्चनपुरमा फेरि भारी वर्षा भएको छ । मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भइरहेको छ । तर अन्य जिल्लाको तुलनामा कञ्चनपुरमा भारी वर्षा भएको हो ।

    विगत ६ घण्टाको अवधिमा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगर (भम्का)मा ५३ मिलिमिटर वर्षा मापन गरिएको छ ।



    हनुमाननगरमा एक घण्टाको अवधिमा ११.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।



    बैतडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार