Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री

    मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, २२ साउन २०८१
  • 465
    SHARES

    धनुषा । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।

    प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम आज मन्त्रिपरिषद् पुनर्गठन गरेकी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



    कार्यालयका अनुसार पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक/एकजना राज्यमन्त्रीमा नियुक्त भएका छन् ।



    कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

    त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार