Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बंगलादेश घटनाबारे टिप्पणी गर्दै प्रचण्डले भने - बहुमतको आडमा जे गर्दा पनि हुन्छ ठान्नु दुर्भाग्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली शासकहरूलाई बहुमतको घमन्ड नगर्न सुझाव दिएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बंगलादेशको घटनालाई सम्झदै यस्तो सुझाव दिएका हुन् ।

उनले बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने कुरा बंगलादेशको घटनामा देखिएको बताए ।

उनले भने, 'बंगलादेशको विषयमा अध्ययन गर्दैछौं। त्यहाँको घटनाक्रमबारे सबै कुरा आइसकेको छैन। यति भन्नु चाहन्छु, हामीसँग बहुमत छ, जे गर्दा पनि हुन्छ भनेर शासकले ठान्नु दुर्भाग्य हुन्छ। यो कुरा नेपाली शासकहरूले पनि बुझे हुन्छ,' सञ्चारकर्मीको प्रश्नमा उनले भने।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएकी थिइन् । प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमै प्रवेश गरेपछि उनी देश छोडेर भारतको शरणमा पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077