Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई पार्टी मिलेर संविधान संशोधन गर्न सकिँदैन, अधिकार कटौती गर्न खोजे सडकमा आउँछौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई वटा पार्टी मिलेर संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

सोमबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन् । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संख्याले गर्दा संविधान र कानुन अनुसार संविधान संशोधन गर्न नसकिने बताए ।

उनले जनताले प्राप्त गरेको समावेशिता र समानुपातिकको अधिकारलाई कटौती गर्ने प्रयास गरेमा विगत जस्तै पुनः सडकमा आउने चेतावनी दिए ।

संविधान संशोधन गरेर जनताको अधिकार कटौती गर्न खोजिएकाले आफूहरूको आपत्ति रहेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले संविधान संशोधनको पक्षमा आफूहरू रहेपनि जनताको अधिकार कटौती गर्न खोजिएकाले विरोध र आलोचना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077