Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, के छ कार्यसूचीमा ?

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा २ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै आजै प्रतिनिधिसभाको बैठक पनि दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077