Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे ८ किलो गाँजासहित बाराबाट एक युवती पक्राउ

बारा। बारा प्रहरीले साढे ८ किलो गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ ।

उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन्।

उनलाई जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको साथबाट ८ किलो ५०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी श्रेष्ठविरुद्ध लागूऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077