Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • साढे ८ किलो गाँजासहित बाराबाट एक युवती पक्राउ

    साढे ८ किलो गाँजासहित बाराबाट एक युवती पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २० साउन २०८१
  • 336
    SHARES

    बारा। बारा प्रहरीले साढे ८ किलो गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ ।

    उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन्।



    उनलाई जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    उनको साथबाट ८ किलो ५०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकी श्रेष्ठविरुद्ध लागूऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार