Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

    कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 342
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ ।

    शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्‌ग्रेडिङ (एनजी)मा परेका थिए ।



    एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्‌ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ ।



    दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेका छन् ।

    परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्।

    दुई बिषय सम्म अनुपस्थिति विद्यार्थी पनि पुरक परीक्षामा सामेल हुन पाउँछन् । परीक्षामा ५ हजार ६ सय ३२ विद्यार्थी सबै बिषयमा अनुपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार