Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

    बागमती प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १८ साउन २०८१
  • 237
    SHARES

    हेटौंडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन्।

    गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।



    राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार संविधानको धारा १६३ को उपधारा (२) बमोजिम उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।



    कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा,बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक,मन्त्रीलगायतकाको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार