Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविमाथि फेरि खनिए मुकुल, भने - ‘रवि लामिछाने क्लब’बाट पार्टीलाई बाहिर ल्याउनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले पार्टीलाई रवि लामिछाने क्लबबाट अलग गराउन अपिल गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै रास्वपाको कारबाहीमा परेका ढकालले यस्तो बताएका हुन् ।

ढकालले जबाफदेहिता र नैतिकताको मूल मन्त्रसहित होमिनुपर्ने बताउँदै लामिछाने क्लबबाट रास्वपालाई बाहिर ल्याउन तीन सुझाव दिएका छन् ।

उनले आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा अनजानमा केही गल्ती भएको स्वीकारेका छन्।

तर, आफूले बोलेका कुनै पनि कुरा झुटो नभएको उनको दाबी छ । कतिपय कुराहरू समय क्रमसँगै प्रमाणित हुँदै गएको र कतिपय हुँदै जाने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई लामिछाने क्लबबाट मुक्त बनाउन आफूले पार्टीको आन्तरिक जीवनमा सङ्घर्ष उद्घोष गर्नेबित्तिकै पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा निष्कासन गरिएको बताए ।

उनले राष्ट्रियता, पारदर्शिता र जबाफदेहिता तथा वैकल्पिक शक्तिको एककीरण गरेर रास्वपाको आफ्नो अस्तित्व कायम गर्नुपर्ने बताएका छन् ।

ढकाल पछिल्लो समय पार्टीका विभिन्न नेताहरुमाथि खनिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077