Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजे : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

आजबाट सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले कांग्रेस एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको टिप्पणी गरे ।

अध्यक्ष लिङ्देनले भने,‘२००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, २०४६ सालको पनि हामीले गरेका हौं र ०६२र६३ को पनि हामीले गरेका हौं भनेर डंगा पिट्ने र हामी विना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने कांग्रेस–कम्युनिस्ट पार्टीहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ।’

कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको भन्दै अध्यक्ष लिङ्देनले यो चिन्ताको विषय भएको बताए।

अध्यक्ष लिङ्देनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधमा आएको बताए।

जिल्ला अध्यक्षको भेलामा पार्टीको विषयमा खुला छलफल गर्न पनि अध्यक्ष लिङ्देनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077