Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पस्यो बाढी

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बागमती किनाराका सुकुम्बासी बस्तीमा ​पसेको छ ।

बागमती नदीमा बिहान आएको बाढी थापाथली र बल्खुको सुकुम्बासी बस्तीमा पसेको हो ।

थापाथली तरकारी बजार बाढीले डुबानमा परेको छ भने तरकारी ल्याएका केही गाडी बाढीले पल्टाइदिएको थियो ।

बिहान ९ बजेपछि भने नदीमा पानीको सतह घटेको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौं उपत्यकाका तीन जिल्ला प्रभावित भएका छन् ।

खोला नदी किनारका बस्तीमा बाढी पसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077