Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले मनोहरा करिडोरका सडक ठाउँ–ठाउँमा अवरुद्ध

काठमाडौं । बाढीका कारण काठमाडौंका खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन्।

कागेश्वरी मनोहरा क्षेत्रको करिडोरका सडकमा अहिले पनि पानी जमेपछि सडक अवरुद्ध भएको हो ।

सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ । कागेश्वरी मनोहरा क्षेत्रको करिडोर पनि जलमग्न छ।

झट्ट हेर्दा सडक हो कि खोला हो भनेर छुट्याउन गाह्रो जस्तो देखिन्छ । कतिपय स्थानका करिडोर क्षेत्र हिलाम्य भएको छ।

गएराति काठमाडौं उपत्यकामा परेको पानीले ठूलो बाढी आएको थियो । नदी तथा खोला किनारका बस्तीमा बाढी पस्दा स्थानीयको दैनिकी नै प्रभावित भएको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी तरकारी बजार क्षेत्र लगायतका स्थानमा जलमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077