Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा भारी वर्षा, मनोहरा किनारका बस्तीमा पस्यो बाढी

काठमाडौं । काठमाडौं उपत्यकाका धेरै ठाउँमा गएराति भारी वर्षा भएको छ । अविरल वर्षासँगै उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको हो ।

बागमती, हनुमन्ते, मनोहरा, धोबिखोला, विष्णुमती, नख्खु र बल्खुखोलामा जलसतह सतर्कता ९खतरा० तह नजिक रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी किनारको सडक र बस्तीमा बाढीआउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, किनारबाट यात्रा नगर्न र डुबान हुने स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077