Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको हो ।

बैठक अब दिउँसो १ बजे बस्नेछ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो ।

आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिने तय भएको छ ।

बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए ।

खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077