Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कीर्ते काण्ड दबाउन ४० दिनअघि नै सिग्देललाई कामुको जिम्मेवारी

काठमाडौं । जन्म मिति कीर्तेकाण्डमा मुछिएका रथी अशोकराज सिग्देललाई सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अवकाश पाउँदैछन् । तर, ४० दिनअघि नै विवादस्पद सैनिक अधिकारी सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार कीर्तेकाण्ड दबाउन यसरी हतार हतार निर्णय गरिएको हो ।

सेनामा अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने चलन छ । त्यसअनुसार शर्मा २४ साउनदेखि बिदामा बस्ने सम्भावना छ । त्यसको पनि १० दिनअघि नै सरकारले निर्णय गर्नुलाई सैनिक अधिकारीले आश्चर्यका रुपमा हेरेका छन् ।

सिग्देललाई बर्खास्त गर्न माग गरी सर्बोच्च अदालतमा दायर रिट विचाराधीन रहेकै बेला सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ । यो प्रकरणले सैनिक अधिकारीको मनोबल गिर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077