Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बिपीन जोशीको सकुशल रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

    बिपीन जोशीको सकुशल रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौं : परराष्ट्रमन्त्री राणा

    अनलाइन नेपाल
  • सोमबार, १४ साउन २०८१
  • 381
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।

    जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री राणाले सो जानकारी दिएकी हुन् । जोशीका बुबासहित परिवारका सदस्यहरूले आज परराष्ट्रमन्त्री राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।



    मन्त्री राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् ।



    इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा राणाले दिइन् ।

    इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात उनीहरूकै नियन्त्रणमा रहेका बिपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार