Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरामा २२ विद्यार्थी सवार स्कुल बस पल्टियो

पोखरा । पोखराको छोरेपाटन पारी सोमबार बिहान स्कुल बस दुर्घटना भएको छ । मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा स्कुलको बस सडकबाट पल्टिएको हो ।

विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बस फुर्सेखोलाको घुम्तीमा दुर्घटना भएको बताइएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माका अनुसार बसमा २२ विद्यार्थी, चालक र सहचालक गरि २४ जना सवार थिए । विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

घाइते विद्यार्थीेको उद्धार भइरहेको छ । घटनाको विस्तृत विवरण आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077