Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साना दललाई बोकेर हिँड्दा देशले प्रगति गर्न सकेन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले साना दलहरुलाई बोकेर हिँड्दा देशले प्रगति गर्न नसकेको बताएका छन् ।

भारतको चण्डीगढमा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताए।

ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा मुलुकले प्रगति गर्न नसकेको पनि बताए।

नेता कोइरालाले भने,‘सत्ता टिकाउन सधैं दुई चार सिट भएका साना दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषय उठाउँदै आएको थिएँ।’

नेता कोइरालाले नेपालमा गरिखाने अवस्था, लगानी गर्ने वातावरण र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताए।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डामा आफू पहिलेदेखि नै रहेको उनले सुनाए।

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई गल्ती गर्ने छुट भने नरहेको नेता कोइरालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077