Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार ११३ अंकले बढ्दा १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ।

मौद्रिक नीति आएपछिको पहिलो कारोबारमै नेप्सेले १ सय १३ अंक जोडेर २६८१ विन्दुमा आइपुगेको हो ।

बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो।

त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो।

दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९१.२१ विन्दुमा पुगेको थियो।

दोस्रो सर्किटपछि सम्हालिएको सेयर बजारमा ३१८ स्क्रिप्सको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँमा खरिद बिक्री भए।

सेन्सेटिभ इण्डेक्स ५.८२ प्रतिशतले बढेर ४८६.८४ विन्दुमा पुगेको छ।यसदिन गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए।

सो कम्पनीको सेयर ९.३५ प्रतिशतले घट्यो। कारोबारमा आएका १४८ स्टकको मूल्य बढ्दा ८७ वटाको घट्यो। यसदिन ८ वटा स्टकको मूल्य पनि स्थिर रह्यो।

३६ करोड बढी मूल्यको सेयर कारोबार गरी कुमारी बैंक शीर्ष स्थानमा रह्यो। यसैगरी एसआईसी एसिया बैंकले ३४ करोड,हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टले ३२/३२ करोडको सेयर कारोबार गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077