Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राम्रो काम गर्दा सरकारबाट बाहिरिनुपर्‍यो, अब सदन र सडकबाट प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : प्रचण्ड

    राम्रो काम गर्दा सरकारबाट बाहिरिनुपर्‍यो, अब सदन र सडकबाट प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ११ साउन २०८१
  • 318
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको बताए ।



    सरकारबाट बाहिरिदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिएको सापकोटाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार