Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोक, दोलखा र काठमाडौंमा भारी वर्षा मापन, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । गएराति काठमाडौं, सिन्धुपाल्चोक र दोलखामा ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा काठमाडौंको सुन्दरीजलमा ७९ मिलिमिटर र बुढानिलकण्ठमा ७७ दशमलव २ मिलिमिटर पानी परेको छ ।

यस्तै दोलखाको सिङ्गटीमा ६६ दशमलव ६ र सिन्धुपाल्चोकको भोताङमा ५४ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढुङ्गे र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, ईन्द्रावती र यसका सहायक नदीहरुमा आकस्मिक बहावको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै काठमाडौंको बुढानिलकण्ठ, ककनी, सुन्दरीजल र आसपास पनि ठूलो पानी परेकाले बाग्मती नदी, धोविखोला, विष्णुमती नदीमा जलसतहले खतरा तह पार गरेकोले तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077