Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियाबाट ब्राउन सुगरसहित दुई किशोर पक्राउ

बर्दिया । प्रहरीले ब्राउन सुगरसहित दुई जना किशोरलाई पक्राउ गरेको छ ।

बर्दियाको बढैयातालबाट दुई किशोरलाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट १ सय २० मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाकाअनुसार भारतबाट साइकल चढेर आउने क्रममा प्रहरीले शंका लागि चेकजाच गर्दा उक्त पदार्थ फेला परेको थियो ।

पक्राउ परेका सोही पालिका–५ जगतियाको करिब १६/१७ वर्षका किशोर रहका छन् ।

दुबैजना किशोरलाई ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077