Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बर्दियाबाट ब्राउन सुगरसहित दुई किशोर पक्राउ

    बर्दियाबाट ब्राउन सुगरसहित दुई किशोर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ९ साउन २०८१
  • 237
    SHARES

    फाइल तस्विर

    बर्दिया । प्रहरीले ब्राउन सुगरसहित दुई जना किशोरलाई पक्राउ गरेको छ ।

    बर्दियाको बढैयातालबाट दुई किशोरलाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।



    उनीहरुबाट १ सय २० मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय बर्दियाकाअनुसार भारतबाट साइकल चढेर आउने क्रममा प्रहरीले शंका लागि चेकजाच गर्दा उक्त पदार्थ फेला परेको थियो ।

    पक्राउ परेका सोही पालिका–५ जगतियाको करिब १६/१७ वर्षका किशोर रहका छन् ।

    दुबैजना किशोरलाई ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार