Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई घन्टापछि सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको हो ।

बिहान ११:११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। करिब साढे दुई घन्टापछि पुन: सञ्चालनमा आएको हो।

यससँगै अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका उडान/अवतरण नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

बुधबार बिहान सौर्य एयरको नाइनएन–एएमई जहाज दुर्घटनामा परेको हो। दुर्घटनामा एयरलाइन्सका १९ जना सवार थिए।

जसमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ। केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077