Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौर्य एयरलाइन्स दुर्घटना : आगो निभाएर उद्धारको प्रयास जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको विमानस्थल स्रोतले बतायो ।

विमानस्थल स्रोतका अनुसार सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो।

उनीहरूको उद्धारसँगै विमानमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

जहाजबाट धुवाँ आएको देखिएपछि उद्धारका लागि प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077