Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम, सतर्क रहन अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रका अनुसार पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बाहुनेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ, ढुङ्गे, गोबरे, नवलपुर, दुबाचौर र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

ती भेगमा थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

सो क्षेत्र भई बहने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077