Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका सुन्दरीजल, कपन, नैकाप, बबरमहलमा भारी वर्षा

काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखिको वर्षाका कारण काठमाडौंका नदीमा जलसतह बढेको हो ।

वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ  ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ ।

वाग्मती, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह सतर्कता तह आसपास रहेको छ । नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077