Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पा र काठमाडौंमा भारी वर्षा, नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । पछिल्लो तीन घण्टामा काठमाडौंको कपनसहित विभिन्न ठाउँमा भारी वर्षामापन गरिएको छ ।

साथै वर्षामापन केन्द्रका अनुसार पाल्पाको अर्चलेमा तीन घण्टामै ८१ दशमलव २ मिलिमिटर पानी परेको हो ।

यस्तै पछिल्लो तीन घण्टामा काठमाडौंंको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा पनि ठूलो पानी परेको छ ।

काठमाण्डौको कपन, सुन्दरीजल र आसपासमा तीन घण्टामै ठूलो पानी परेकाले बाग्मती, धोविखोला र विष्णुमतीमा पानीको वहाव बढ्ने भएकोले नदी किनारामा सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077