Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अछामको जंगलमा बेवारिसे पुरुषको शव फेला

    अछामको जंगलमा बेवारिसे पुरुषको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, ६ साउन २०८१
  • 315
    SHARES

    फाइल तस्विर

    अछाम । अछाममा खप्तड राष्ट्रिय निकुञ्जको जंगलभित्र बेवारिसे शव फेला परेको छ ।

    जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १४ नरिसरा ठुलो ढुङ्गास्थित खप्तड राष्ट्रिय निकुञ्जको जंगलमा अन्दाजी ४५ देखि ५० वर्ष उमेरको पुरुषको बेवारिसे शव फेला परेको हो ।



    साउन १ गते साँझ करिब ४ बजेतिर उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जय पार्कीले जानकारी दिए ।



    मृतकको हुलिया गहुँगोरो, उचाई ५ फिट ८ इन्च, माथिल्लो शरीरमा खैरो रङको भेष्ट, तल्लो शरीरमा कालो बेशमा सेतो धर्का भएको ट्राउजर र कालो रङको कट्टु रहेको बताइएको छ ।

    उक्त शवलाई जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको छ । मृतकलाई चिन्नु हुनेले जिल्ला प्रहरी कार्यालय अछाममा सम्पर्क गर्न आग्रह गरिएको छ । साथै, मृतकका आफन्तलाई पनि जानकारी गराईदिन अनुरोध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार