Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक वर्षमा प्रहरीविरुद्ध ६७० उजुरी, एसएसपीसहित १० ‘सिनियर’ प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीका एसएसपीसहित १० 'सिनियर' प्रहरी अधिकृत कारबाहीमा परेका छन् ।

प्रहरी मुख्यालयका आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार एक वर्षमा एकजना एसएसपी, एक एसपी, दुई डीएसपी र ६ प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् ।

अन्य जुनियर प्रहरी अधिकारी र प्रहरी जवान छन् । प्रहरी कर्मचारीविरुद्ध गएको आर्थिक वर्षमा ६७० उजुरी परेका थिए ।

उजुरी आएका प्रहरी अधिकारीमाथि छानबिन गरेर विभागीय कारबाही भएको डीआईजी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077