Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

हेटौंडा । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

यसैबीच नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दावी गर्ने तयारी गरेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्नेगरी उनीहरुले दावी पेसको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077