Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली प्रधानमन्त्री बन्दा खुसी छु, तर विश्वासको मत दिन्न : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू खुसी भएको बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको तर विश्वासको मत भने नदिने बताए।

अध्यक्ष लिङ्देनले भने,‘केपी शर्मा ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रुपमा प्रतिपक्षी दलमध्ये म बेसी खुसी छु, किनभने दुई दुई पटक मेरो पार्टीले उहाँलाई मत दिएको छ, मैले पनि मत दिएको छु।’

गत आम चुनावमा राप्रपाले प्रतिनिधि सभामा ३ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्रमा एमालेको सहयोग लिएको र एमालेलाई प्रतिनिधि सभामा १० ठाउँ र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनले बताए ।

मुलुकमा अस्थिरता ल्याउनुमा दुई ठूला मुख्य दलहरू दोषी रहेको उनले आरोप लगाए। ठूला दलको प्रवृत्ति र चरित्रका कारण राजनीति अस्थिर भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077