काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
अरु विपक्षी दलहरुलाई पनि एकीकृत गर्दै जनताको आवाजहरुलाई उजागर गर्न सहि तरिकाले नेतृत्व गर्ने निर्णय भएको उनले बताए।
Leave a Reply