Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीविरूद्ध विगतमा कांग्रेसले उठाएको मुद्दा त्यसै थन्काउँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूहरुले उठाएका मुद्दामा मौन नबस्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । उनले ओलीको बिषयमा आफूहरुले उठाएको मुद्दा कांग्रेसले नथन्काउने बताए।

महामन्त्री शर्माले भने, ‘ओली सरकारलाई सफल बनाउँन हामी कांग्रेसले साथ दिन्छौं। हामी उभिएर विश्वासको मत दिएका छौं त्यसकारण तपाईको बारेमा हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौं भन्ने विल्कुल होइन। उहाँहरुको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौं त्यो पनि होइन।’

नयाँ सरकार बनेर नेपाललाई नविन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको बताए।

दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता बढेको महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077